नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

काठमाडाैं | असार १२, २०८१

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो ।


प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिनुहुँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताउनुभयो ।


सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्